
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । विकसित राजनीतिक घटनाक्रम र महाधिवेशनबारबारे छलफल गर्न बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बोलाइएको सचिवालयले जनाएको छ ।
बैठक बुधवार ११ बजेका लागि बोलाइएको हो । एमालेसहितको नयाँ समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादीलाई सरकारमा आउन आग्रह गर्नुभएको छ ।
अध्यक्ष माधव नेपालले भने नयाँ समीकरण र नयाँ सरकारको उद्देश्य, योजना, नीति कार्यक्रम हेरेर मात्रै निर्णय गर्ने जवाफ दिनुभएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्