१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेदरल्याण्ड्सले जित्यो ट्वान्टी-२० शृंखलाको उपाधि


2.21k
Shares

काठमाडौं । खराब बलिङ गरेपछि नेपालले घरेलु मैदानमा सम्पन्न त्रिदेशीय टी–२० आई श्रृंखला गुमाएको छ ।

त्रिवी क्रिकेट मैदानमा नेदरल्याण्ड्सविरुद्धको फाइनलमा १८५ रनको राम्रो लक्ष्य दिए पनि बलिङमा साथ नपाउँदा नेपालले घरेलु मैदानको शृंखला गुमाएको हो ।

नेदरल्याण्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । अनुभवी बलर सोमपाल कामी चल्न सकेनन् भने करण केसी र अविनाशले बिर्सनलायक प्रदर्शन गरे । नेदरल्याण्ड्सले सुरुआती देखि नै आक्रामक ब्याटिङ गर्दै दबाब बनायो । डच टोलीका ओपनर माइकल लेभितले ५४ रन र साइब्रान्ड एंगलबे्रक्टलले ४८ रनको योगदान दिए । लेभितले २९ बलमा ६ चौका र तीन छक्का हिर्काउँदै आक्रामक ब्याटिङ गरे ।

लेभितले पहिलो विकेटका लागि म्याक्स ओ डोउडसँग ८३ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिए । नवौं ओभरमा ओ डोउड २२ रनमा आउट भए । त्यो विकेटपछि विक्रमजित सिंह र साइब्रान्डको साथ पाएपछि डच टोली जितनजिक पुग्यो । विक्रमजितलले २९ रन जोडे । डेथ ओभरको पहिलो तीन बलमा टिम भान डेरले करणलाई समान एक छक्का र चौका प्रहार गर्दै तीन बल अगावै जित सुरक्षित गराए । टिम भान ५ बल खेल्दै २१ रनमा अविजित रहे ।

नेपालको बलिङमा कुशल मल्लले चार विकेट लिँदै चुनौती दिए । यद्यपि, उनी महँगा साबित भए । अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८४ रनको योगफल बनायो । ओपनर आसिफ शेखले सर्वाधिक ४७ रनको योगदान दिए । ३७ बलमा उनले तीन छक्का र एक चौका हिर्काए । गुल्सन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहितकुमार पौडेलले २५ र कुशल भुर्तेलले २० रन बनाए । नेपालले सुरुआतदेखि नै आक्रामक ब्याटिङ ग¥यो ।

ओपनर कुशल भुर्तेलले ठूला सट खेल्दै दबाब बनाउने प्रयास गरे । उनी २० रनमा चौथो ओभरमा आउट भए । तर, आसिफ दोस्रो विकेटका लागि रोहितसँग ५९ रनको साझेदारी गरे । पावर प्लेमा ५५ रन जोड्दा एक विकेट मात्र गुमाएको नेपालले १३.३ ओभरसम्म राम्रो ब्याटिङ गर्दै विशाल योगफलतर्पm अग्रसर भयो । तर, १८औं र १९औं ओभरमा चार विकेट गुमाएपछि नेपालको लक्ष्य पूरा भएन । १० रन जोड्दा नेपालका चार ब्याटर पभेलियन फर्किए । नेदरल्यान्ड्सको बलिङ टिम भान डेर गुग्टेन, लेभित, साइब्रान्ड र फ्रेड क्लासेनले समान दुई विकेट लिए ।

लिग चरणमा चार अंकका साथ नेपाल दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो । डच टोलीले भने पाँच अंक जोडेको थियो । लिग चरणका सुरुआती दुई खेलमा नेपालले नामिबियासँग २० रन र नेदरल्यान्ड्सँग दुई रनको पराजय बेहोरेको थियो । तर पछिल्ला दुई खेलमा नेपालले नामिबियामाथि तीन रन तथा नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकाल्यो र फाइनल यात्रा तय ग¥यो । नेदरल्यान्ड्सले नामिबियालाई पहिलो खेलमा ५९ रनले हराउँदा दोस्रो खेल भने वर्षाले रद्द हुन पुग्यो ।