२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माधव नेपाल भेट्न देउवा कोटेश्वरमा


2.041k
Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको छ ।

पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न बुधवार बिहान देउवा अध्यक्ष नेपालको निवास कोटेश्वरमा पुग्नुभएको हो ।

राजनीतिक समीकरण बदलिएको बेलामा सभापति देउवा र नेपालबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

मंगलवार राति प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।