२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी, एमाले र रास्वपाबाट को-को बन्दै छन् मन्त्री ?


11.687k
Shares

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागवण्डाको टुंगो लागेको छ ।

गठबन्धन दलहरुको बुधबार बसेको बैठकले नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४, नेकपा एकीकृत समाजवादीलाई २ र जनता समाजवादी पार्टीलाई २ वटा मन्त्रालयको भागवण्डा गरेको हो ।

बाँडफाँड अनुसार माओवादीले परराष्ट्र, अर्थ, सञ्चार, उर्जा र पर्यटन मन्त्रालय पाउने भएको छ । माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री बन्नु हुनेछ भने वर्षमान पुन अर्थमन्त्री बन्नु हुनेछ । गत सोमबार नै मन्त्री नियुक्त भईसक्नु भएका हितबहादुर तामाङले पर्यटन मन्त्रालय पाउनु हुने भएको छ । यस्तै, सञ्चार मन्त्रीमा रेखा शर्मा दोहोरिने र उर्जा मन्त्रीमा पनि शक्ति बस्नेत दोहोरिने सम्भाव रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह, शिक्षा, श्रम र युवा तथा खेलकूद मन्त्रालय पाउने भएको छ । रास्वपा सभापति रवि लामिछाने उप्रधान तथा गृहमन्त्री बन्नु हुने भएको छ भने सुमना श्रेष्ठ शिक्षामन्त्री बन्नु हुने छ । यस्तै डीपी अर्याल श्रममन्त्री र विराज श्रेष्ठ युवा तथा खेलकूद मन्त्री बन्नु हुनेछ ।

यस्तै , एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्ने पक्का भएको छ । एमालेबाट राजेन्द्र राइ भूमि ब्यवस्था तथा सहकारी, पदम गिरि कानुन, न्याय तथा संसदीय ब्यवस्था, बलराम अधिकारी संघीय मामिला तथा स्थानीय विकास, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साह कृषि मन्त्री र हरि उप्रेती रक्षामन्त्री बन्ने टुंगो लागेको बुझिएको छ ।

पदम गिरी सोमबार नै मन्त्री नियुक्त भईसक्नुभएको छ । नेकपा एस र जनता समाजवादीले भने मन्त्रीको नामावली टुंगो लगाईसकेका छैनन् । नामावली टुंगो लागेकाहरुलाई आजै मन्त्री नियुक्त गर्ने र सपथ पनि आजै गराइने छ ।