१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निवर्तमान अर्थमन्त्री महतले अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा सुन्न चाहनु भएन : विष्णु पौडेल


2.158k
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा सुन्न नचाहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले निवर्तमान अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा स्वीकार गर्न नचाहेको आरोप लगाउनुभएको हो ।

उपाध्यक्ष पौडेलले अर्थमन्त्रीको रुपमा ११ महिना काम गर्दा अर्थतन्त्रलाई लयमा ल्याउने काम गर्न नसकेको पनि उल्लेख गर्नुभयो । उहाँले पछिल्लो एक वर्षमा मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको जिकिर गर्नुभयो । उहाँले अहिले पनि अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक नरहेको टिप्पणी गर्नुभयो ।

उपाध्यक्ष पौडेलले आर्थिक वर्षका २ क्वाटरमा आर्थिक वृद्धिदर सकारात्मक नहुनु भनेको अर्थतन्त्र मन्दीमा जानुभएको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्र मन्दीमा जानु भनेको अर्थतन्त्रमा समस्या छन् भन्ने कुरा पुष्टि गर्ने जानकारी दिनुभयो ।

उपाध्यक्ष पौडेलले निवर्तमान अर्थमन्त्रीले वास्तविक अर्थतन्त्रका आँकडालाई सच्याउँदै हिँडेको पनि आरोप लगाउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रको अवस्था आँकडा सच्याउने भन्दै पनि वर्तमान अवस्था सच्याउनु आवश्यक रहेको बताउनुभयो । उहाँले लय बिगारेको अर्थतन्त्रलाई दुरुस्त छ भनेर दाबी गर्नु आपत्तिजनक रहेको समेत टिप्पणी गर्नुभयो । उहाँले बैंकहरुमा तरलता सहज हुँदा पनि उद्योगी व्यवसायीहरुले उद्योगमा थप लगानी र नयाँ लगानी गर्न नसकेको बताउनुभयो ।

उपाध्यक्ष पौडेलले बजारमा माग,आपूर्ति,उत्पादन र रोजगारी सरकारले सिर्जना गर्न नसक्दा चौतर्फि रुपमा अर्थतन्त्र समस्यामा आएको बताउनुभयो । उहाँले अहिले निजी क्षेत्रले पुँजी परिचालनको लागि अनकुल वातावरण नहुँदा बैंकहरुमा तरलता थुप्रिएर बसेको बताउनुभयो । उहाँले राजस्वको लक्ष्य पूरा हुन सनेक कुार स्वयं निःवर्तमान अर्थमन्त्रीले गरेको संशोधिन अनुमानमा पुग्न स्वीकार गरेको बताउनुभयो ।

उपाध्यक्ष पौडेलले मन्दीमा रहेको अर्थतन्त्रलाई वर्तमान सरकार अर्थमन्त्रीले तत्काल समाधान गर्ने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई साथमा लिएर जायज मागलाई सम्बोधन गरी मनोबल उकास्न आवश्यक रहेको पनि बताउनुभयो ।