८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अर्थतन्त्र अझै पनि संकटग्रस्त छ : बेदुराम भुसाल


806
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा रहेको बताउनुभएको छ ।

बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद भुसालले यस्तो बताउनुभएको हो ।

सांसद भुसालले वाह्य सूचकांकहरुमा सुधार देखिएको भएपनि आन्तरिक सूचकांकहरुमा अझै पनि समस्या रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रको समस्या गम्भीर चुनौतिको रुपमा रहेको जिकिर गर्नुभयो । उहाँले अहिलेको सरकार अर्थतन्त्रका समस्या समाधानका लागि सफल हुनुपर्ने बताउनुभयो ।

सांसद भुसालले सामाजिक र सांस्कृतिक क्षेत्रमा परिवर्तन नहुँदा संघीय लोकतान्त्रिक गणतन्त्रका बारेमा प्रश्नहरु उठिरहेको बताउनुभयो । उहाँले अहिलेको समीकरण फेरि परिवर्तन नहुने गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

सांसद भुषालले बेरोजगारी, शिक्षा र स्वास्थ्यको समस्या देशमा धेरै नै रहेको बताउनुभयो ।