१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा राम्रा हुँदैनन् : अध्यक्ष बिजुक्छे


338
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मजदुर किसानहरु नै देशको बहुमत जनता भएको बताउनुभएको छ ।

शुक्रबार भक्तपुरको भाजपुखू र जलेश्वर मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छे यस्तो बताउनुभएको हो ।

अध्यक्ष बिजुक्छे पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा सबै राम्रा हुन्छन् भन्नेकुरा सत्य नरहेको बताउनुभयो । उहाँले उनीहरुको गल्ती कमजोरीबाट सिकेर आम नागरिकहरुले राम्रो काम गर्नुपर्ने बताउनुभयो । उहाँले पुरातात्किव र धार्मिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र पुनः निर्माणमा राज्यका निकायहरुले चासो नदिएको बताउनुभयो ।

अध्यक्ष बिजुक्छे जनताको स्तरबाटै कम नगरी विकास हुन नसक्ने अवस्था आएको बताउनुभयो । उहाँले नयाँ पुस्ताले प्राचिक इतिहास र कलालाई संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।