१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकार र निजी क्षेत्रबीचमा सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न सकिँदैन : मन्त्री महासेठ


325
Shares

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार र निजी क्षेत्रको बीचमा सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न नसकिने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री महासेठले यस्तो बताउनुभएको हो ।

मन्त्री महासेठले देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै नभइ सरकारको पनि बताउनुभयो । उहाँले नेपालको आर्थिक वृद्धिदर अहिले ७.१ प्रतिशतबाट झरेर दुई प्रतिशत भन्दा तल आएको बताउनुभयो । केपी शर्मा ओली यसअघि प्रधानमन्त्री रहँदा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहेको उहाँको दाबी थियो । उहाँले अर्थतन्त्र सबल बनाउन सबै राजनीतिक दलहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले अबका दिनमा अर्थतन्त्र थप सुधार हुँदै जाने बताउनुभयो ।

उपप्रधानमन्त्री महासेठले नेपालले तयारी पोशाकमा धेरै ठूलो परिवर्तन गर्नसक्ने बताउनुभयो ।