१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वमन्त्री किराँतीको ‘पलपल बगिरहेछु’ गीत सार्वजनिक


767
Shares

काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ ।

काठमाडौंमा एक कार्यक्रमबीच पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको हो ।

गीतको म्युजिक कम्पोजर शान्तिराम राई हुनुहुन्छ भने लेखक सुदन किराँती र गायक, कनकाइस्ट राई हुनुहुन्छ । कार्यक्रममा बोल्दै सांसद किराँतीले आफ्नो जन्म महिनाको अवसर पारेर गीत विमोचन गरेको बताउनुभयो । उहाँले जन्मदिनमा केही नयाँ गरौँ भनेर गीत विमोचन गरेको बताउनुभयो । उहाँले यही महिनामा बुद्ध र लुम्बिनी सम्बन्धी गीति भिडियो पनि सार्वजनिक गर्ने बताउनुभयो ।

सांसद किराँतीले कार्यक्रममा संस्कृतिविद् भैरवबहादुर थापालाई सम्मान गरेको पनि बताउनुभयो ।