२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा सिटौला चयन


2.717k
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनीत हुनुभएको छ ।

नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो पदमा मनोनयन गर्नुभएको हो ।

निजी सचिव केशवराज जोशी सभापति देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१)बमोजिम सिटौलालाई संसदीय दलको नेता पदमा मनोनयन गरेको विज्ञप्ती मार्फत जानकारी दिनुभएको हो ।