
बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्न अहिलेको नयाँ गठबन्धन बनेको बताउनुभएको छ ।
नेकपा एमाले बैतडीको नवौं जिल्ला अधिवेशनको सोमबार सदरमुकाम पाटनमा उद्घाटन गर्दै मन्त्री भण्डारीले जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धन भएको जिकीर गर्नुभयो । राजनितिक शक्ति सुन्तुलनको आधारमा देशमा परिवर्तन भएको भन्दै उहाँले एमालेलाई बाहिर राख्न खोज्ने शक्ति पराजित छ भन्नुभयो ।
मन्त्री भण्डारीले जनताको शिर झुक्ने कुनै पनि काम नगर्ने भन्दै चुनौतीलाई अवसरमा बदल्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । सरकारमा जति दिन रहेपनि यसलाई स्वर्णिम अवसरका रूपमा परिणत गर्ने उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्