
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ ।
बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको स्वीकृति सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह १२ बजे महिला तथा सामाजिक समितिको बैठक बस्दैछ । बैठकमा बालसुधार गृहहरुको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा विभिन्न मन्त्रालयहरुले गरिरहेका काम कारवाहीका बारेमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्