१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै


351
Shares

काठमाडौं । आज नेपाली काँग्रेसका पदाधिकारीहरुको बैठक बस्ने भएको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको हो । बैठक दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने जनाइएको छ ।

आज बस्ने बैठकमा संसदमा काँग्रेसले के कस्तो भूमिका निर्वाह गर्ने भन्ने बारेमा छलफल हुने जनाइएको छ । सत्ता गठबन्धन परिवर्तन भएपछि सक्रिय हुन भएका सभापति देउवा बैठक बोलाएर छलफलमा व्यस्त भइरहनु भएको छ ।

काँग्रेसले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय यसअघि गरिसकेको छ ।