
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
मंगलवार बोलाइएको राष्ट्रिय सभा बैठकमा सांसद आछामीले माओवादी केन्द्रका सांसद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो । सांसद आछामीले २०२७ सालदेखि नेपालको राजनीतिक क्रियाशील रहनुभएका दाहाललाई समर्थन गरी मतदान गरिदिनु हुन अनुरोध गर्नुभयो ।
‘राजनीतिक आन्दोलनको लामो इतिहास छ । २०२७ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागी भएर उहाँले राजनीतिक यात्रा शुरु गर्नुभएको छ । २०३१ सालबाट पार्टी राजनीतिक शुरु गर्नुभयो ।’ सांसद आछामीले भन्नुभयो ।
यसअघि नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले पनि पार्टीको तर्फबाट युवराज शर्मालाई सो पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्