१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रविधिमा महिलाको पहुँच पुग्न सकेन : उपसभामुख राना


78
Shares

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले प्रविधिमा महिलाको पहुँच पुग्न नसकेको बताउनुभएको छ ।

मंगलबार सिंहदरबारमा भएको एक कार्यक्रममा उहाँले प्रविधिमा महिलाको पहुँच पुर्‍याउने नारा लगाएपनि नाराअनुसार काम हुन नसकेको बताउनुभएको हो ।

उपसभामुख रानाले अहिले पनि विभिन्न वडा सदस्यहरुसँग एउटा मोबाइलको पहुँच नहुँदा सामान्य सूचनाहरुसमेत हेर्न र पढ्न नसक्ने अवस्था रहेको बताउनुभयो । उहाँले राज्यले हरेक वडा सदस्यहरुलाई एउटा बमोबाइल प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । मोबाइलको प्रयोगले उनीहरुको क्षमता विकास हुने उहाँको भनाइ थियो । उहाँले निर्भिक भएर कलम चलाउने पत्रकारहरुको सुरक्षाका लागि सांसदहरुले बसह गर्न जरुरी रहेको बताउनुभयो ।

उपसभामुख रानाले महिलाको हक अधिकारकारको सुनिश्तिता गर्न राज्यबाट आवश्यक बजेट छुट्याउनुपर्ने बताउनुभयो ।