२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने जसपाको निर्णय


845
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकका निर्णय जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक प्रदीप यादवले फागुन ३० गते प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने बताउनुभयो । बैठकले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री दाहालले फागुन ३० गते बुधबार विश्वासको मत लिँदै हुनुहुन्छ । यसअघिको नेपाली काँग्रेससँगको गठबन्धन टुटेसँगै काँग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । कांग्रेसले विश्वासको मत फिर्ता लिएसँगै प्रधानमन्त्री दाहाल अल्पमतमा पर्नुभएको छ । नयाँ गबठन्धनबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरिसकेको छ ।