Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै


1.5k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

नेपाली कांँग्रेससितको गठबन्धन भत्काएर प्रधानमन्त्री दाहालले एमाले, रास्वपालगायतका दलहरुसँग नयाँ गठबन्धन बनाएपछि मन्त्रिपरिषदमा हेरफेर भएको छ । मन्त्रिपरिषदमा भएको हेरफेरसँगै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिनु परेको हो ।

बुधबार बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची अनुसार विश्वासको मत लिने प्रस्ताव पेश गर्नुअघि सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएपछि सभामुख घिमिरेले विश्वासको मत लिने प्रक्रिया अघि बढाउनु हुन्छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दहरु एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ‘ह्विप’ जारी गरिसकेका छन् ।

कुल २ सय ७५ सदस्य रहेको संसदबाट विश्वास पाउन प्रधानमन्त्रीलाई १ सय ३८ मतको आवश्यकता पर्छ । यता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विपक्षमा मत दिने भएको छ ।

संसदमा प्रधानमन्त्री दाहालले आज तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ । गतवर्ष पुस २६ गते र चैत ६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिनु भएको थियो ।