७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


राम बम्जनका अनुयायीबाट स्थानीयमाथि ज्यादती


39
Shares

सिन्धुली । सिन्धुलीमा राम बम्जनका अनुयायीबाट ज्यादती हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।

आफ्नै शिष्यहरुलाई अपहरण र बन्धक बनाएर गायव बनाएको आरोपमा प्रहरी हिरासतमा रहेका रामबहादुर बम्जनका अनुयायीहरुले सिन्धुली आश्रम वरिपरि स्थानीयलाई हिँडडुल गर्नसमेत अवरोध गरेका छन् । सार्वजनिक बाटोमा हिँडडुल गर्न र वनमा घाँस दाउरा गर्न जान समेत रोक लगाएर ज्यादती गरिएको स्थानीयको गुनासो छ ।

बम्जनका अनुयायीहरुले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ५ को पहिरेमा रहेको बम्जनको आश्रम नजिकबाट स्थानीयलाई धाकधम्की दिँदै हिँडडुल गर्नसमेत रोक लगाएको बताइएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठले तपस्वी बम्जनको पहिरे क्षेत्रमा चारवटा सामुदायीक वनका उपभोक्ताहरु प्रभावित भएको जानकारी दिनुभयो । अनुयायीहरुले अपशव्द बोल्ने, भौतिक कारवाहीको धम्की दिने, फोटो खिचेर राख्ने लगायतका गतिविधि गरेका कारण स्थानियसँग पटक पटक झडप हुने गरेको बताइएको छ ।