
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रमपछि बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्नुभएको हो ।
प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीको लामिछानेलाई अनुसन्धान गर्नु आवश्यक नरहेको भन्ने जवाफले आफूहरुको चित्त नबुझेको बताउनुभयो । उहाँले गृहमन्त्री लामिछानेमाथि छानविन गर्न पर्याप्त प्रमाण भएको जिकिर गर्नुभयो । उहाँले छानबिन गर्नुपर्ने र गर्नु नपर्ने तथ्यहरु बाझिएको भन्दै यसको छिनोफानो गर्नका लागि छानविन समिति गठन गर्नु आवश्यक भएको बताउनुभयो ।
प्रमुख सचेतक लेखकले निष्पक्ष छानबिन गर्नका लागि पनि संसदीय छानविन समिति आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले कांग्रेसको मागलाई गम्भिरतापूर्वक नलिएमा सरकार आफैँले संसद अवरोध गरेको मानिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्