२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राजस्वलाई देश निर्माणको आधार बनाउन आवश्यक : गोकुल बाँस्कोटा


338
Shares

काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले राजस्व चुहावट रोक्नका लागि राजस्व प्रशासनको पारदर्शिता आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा भन्सार विधेयकमाथिको छलफलमा बोल्दै सांसद बाँस्कोटाले यस्तो बताउनुभएको हो ।

सांसद बाँस्कोटाले सरकारले प्रक्षेपण गरेको जति राजस्व उठ्न नसकेको बताउनुभयो । उहाँले राजश्वका नाकाहरुमा पारदर्शिता नभएको, मुल नाकाहरु भन्दा बाहिरबाट सामान आयात निर्यात भएको बताउनुभयो । उहाँले भन्सार तोकिएका वस्तुहरुको मूल्य फरक हुनुले पनि कतिपय ठाउँमा समस्या आइरहेको उल्लेख गर्नुभयो ।

सांसद बाँस्कोटाले राजस्वलाई देश निर्माणको आधार बनाउन आवश्यक रहेको बताउनुभयो ।