
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसलाई ९ मिनेट १८ सेकेण्डमा पाठ सिकाउने अभिव्यक्ति दिनुभएको भन्दै कांग्रेस पाठ सिक्न तयार रहेको बताउनुभएको छ ।
बुधबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद बस्नेतले यस्तो बताउनुभएको हो ।
सांसद बस्नेतले दुई वटा नागरिकताको पाठ सिकाउनुहुन्छ की के को पाठ सिकाउनु हुन्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले दुई वटा राहदानीको अपचलन गर्ने पाठ सिकाउनु हुने हो वा सहकारी ठगी गर्ने पाठ सिकाउनु हुन्छ ? भन्ने प्रश्न गर्नुभयो । उहाँले लामिछानेले जेमा हात हाल्यो त्यहीँ ठगी गर्ने पाठ सिकाउन लागेको हो ? भन्दै प्रश्न गर्नुभयो ।
सांसद बस्नेतले राजनीतिमा पहिलो कुरा नैतिकता र चरित्र ठूलो हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्