
फाइल तस्बिर
काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पूर्व सूचनालाई व्यवस्थित रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो ।
मन्त्री बस्नेतले अब नेपालले पूर्वसूचनाको उत्पादन कसरी गर्ने ? भन्नेबारेमा विशेष जोड दिनुपर्ने बताउनुभयो । उहाँले पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयामहरु थपिँदै जाने अपेक्षा आफूले राखेको पनि बताउनुभयो । उहाँले नेपालीहरुले लिएको विज्ञता र अनुभवलाई अब सबैसमक्ष पुयाउने गरी पूर्वसूचना प्रणालीको विकास र बिस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।
मन्त्री बस्नेतले सूचना सबैको पहुँच पु¥याउने विधिहरुको बारेमा सोच्न जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्