
काठमाडौं । निरन्तर उकालो लागेर मूल्यको रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा शुक्रबार केही कमी आयो ।
अन्तर्राट्रिय बजार पच्छ्याउँदै शुक्रबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १३ सयले घटेर १ लाख २६ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार एकैदिन तोलामै २६ सयले बृद्धि भएर १ लाख २७ हजार ८ सयको उचाइमा पुगेको थियो । शुक्रबार चाँदीको भाउ पनि तोलामा एकै पटक ५५ रुपैयाँले घटेर १५ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंन्स २१ सय ९० डलर आसपासमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्