
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
नेकपा (माओवादी केन्द्र) नेतृत्वको समाजवादी मोर्चामा एमालेलाई पनि सहभागी गराउने जिम्मेवारी लिनुभएका प्रधानमन्त्री दाहालसँग ओलीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्नुभएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार अपरान्ह प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले समसामयिक विषयमा राम्रो कुराकानी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्युसँग राम्रो कुराकानी भयो अहिलेको समसामयिक विषयमा ।’
शुक्रबार बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई सहभागी गराउने निर्णय गर्दै ओलीसँग छलफल गर्ने जिम्मेवारी प्रधानमन्त्री दाहाललाई दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्