
काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यात्रुको चापलाई मध्यनजर गरेर आवश्यक परे रेलको संख्या बढाउने बताउनुभएको छ ।
शनिबार जनकपुर-जयनगर रेल्वे अनुगमन एवं निरीक्षणका क्रममा मन्त्री महासेठले यस्तो बताउनुभएको हो ।
मन्त्री महासेठले यात्रीको चाप बढी भएको कुरा आइरहेको भन्दै यात्रुहरुलाई मध्यनजर गरी रेल आवतजावत गर्ने समय थप्न सकिने बताउनुभयो । उहाँले भारत सरकारको माध्यमबाट निर्माणको जिम्मा लिएका कम्पनीहरुसँग पनि कुरा गरेको उल्लेख गर्दै अब छिटो र छरितो रुपमा सेवा अघि बढाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले रेलसेवासँग सम्बन्धित आन्तरिक कमी कमजोरीहरुको सम्बोधन गर्ने बताउनुभयो । उहाँले चालु आर्थिक मसान्तभित्र खानेपानी र शौचालयहरुको व्यवस्थाको प्रवन्ध गर्ने बताउनुभयो ।
मन्त्री महासेठले शनिबार जनकपुरदेखि जयनगरसम्म रेलमा यात्रा गरेरै अनुगमन एवं निरीक्षण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्