२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रुसको मस्कोमा आक्रमण गर्ने सबै आतंकवादी पक्राउ


3.133k
Shares


एजेन्सी । रुसमा एउटा कन्सर्ट हलमा अन्धाधुन्ध गोली चलाएर १३३ जनाको हत्या गर्ने सबै चार बन्दुकधारी पक्राउ परेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै चार जना बन्दुधकारीलाई पक्राउ गरिएको जानकारी दिनुभएको हो । उहाँका अुसार घटनामा संलग्न भएको आशंकामा अन्य ७ जनालाई पनि पक्राउ गरिएको छ । ती बन्दुधकारीहरु युक्रेनतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको रुसको आरोप छ ।

युक्रेनले भने यो आरोपललाई बेतुकको भन्दै अस्वकार गरेको छ । शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा कन्सर्ट चलिरहेको समयमा गरिएको आतंकवादी हमलामा १३३ जनाको मृत्यु भएको थियो भने १ सय ४० भन्दा बढी घाइते भएका थिए ।

आतंकवादी समुह ‘इस्लामिक स्टेट–खेर्सान’ ले यो आक्रमणको जिम्मेवारी लिएको छ । गत महिना मस्कोमा रहेको अमेरिकी कन्सुलर विभागले रुसमा कुनैपनि बेला ठूलो जमघटमा आतंकवादी हमला हुनसक्ने खबर पाएको बताएको थियो । तर रुसी प्रशासनले उक्त खबरलाई हलुका रुपले लिँदै अमेरिकी प्रोपोगाण्डा भनेको थियो ।