२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


ओखलढुंगामा करेन्ट लागेर महिलाको मृत्यु, घरसमेत जलेर नष्ट


988
Shares

ओखलढुंगा । विद्युत सर्ट भएर करेन्ट लाग्दा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका– ३ को बोगडीछापकी ५७ वर्षीया सिजनकुमारी थापाको मृत्यु भएको छ ।

आज आइतबार बिहान ५ः३० बजेको समयमा विद्युत सर्ट भएर घरसमेत आगलागी हुँदा उनलाई करेन्ट लागेको थियो । बेहोस अवस्थामा घरबाट स्थानीयले बाहिर निकाल्ने बित्तिकै उनको मृत्यु भएको हो ।

घटनामा उनका श्रीमान खड्गबहादुर थापाको स्वामित्वमा रहेको खरको छाना भएको दुई तले घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घर जल्दा ३ लाख बरारबरको क्षति भएको प्रहरीको अनुमान छ ।