
काठमाडौं । नेकपा एमालेका नेताहरुले होली मनाएका छन् । एमाले नेताहरुले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नुअघि एकअर्कामा रङ दलेर खुशी साटासाट गरेका हुन् ।
पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठकअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेल लगायतका पार्टी पदाधिकारीहरुले एक अर्कालाई रङ दलेर होली मनाएका हुन् । योसँगै पार्टीको सचिवालय बैठक पनि शुरु भएको छ ।
बैठकमा राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ । साथै बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्