२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आतंकवादी पक्राउ नपरेसम्म आक्रमण जारी रहन्छ : इजरायल


1.547k
Shares

एजेन्सी । इजरायली सेनाको दक्षिणी कमाण्डका प्रमुख यारोन फिन्केलम्यानले उत्तरी गाजाको अल–शिफा अस्पतालमा आक्रमण जारी रहने बताउनु भएको छ ।

प्रमुख फिन्केलम्यानले अन्तिम आतंकवादी रहेसम्म अस्पतालमा आक्रमण जारी राख्ने बताउनु भएको छ । उहाँले आतंकवादी पक्राउ परेपछि मात्रै आक्रमण बन्द हुने बताउनुभयो ।

फिन्केलम्यानले अस्पतालमा अन्य इजरायली सैन्य अधिकारीहरूसँगको स्थिति मूल्याङ्कनको क्रममा यो टिप्पणी गर्नुभएको थियो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले अस्पताल क्षेत्रमा हालसम्म १७० भन्दा बढी व्यक्तिको मृत्यु भएको र ७ सय बढी पक्राउ गरिएको दाबी गरेको छ ।