
काठमाडौं । जनकपुरधाममा बुधबार होली मनाइएको छ ।
बुधबार होरैया, लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बनेको हो ।
एक अर्कालाई रङ दलेर जनकपुर धाममा होली मनाइएको छ ।
तराईका अन्य ठाउँमा भने सोमबार न होली मनाइएको हो । होलीको अवसरमा जनकपुरधाममा विभिन्न परिकारका मालपुवा, दालको पुरी लगायतका भोजन बनाएर खाने–खुवाउने र एक अर्कालाई रङ–अविर लगाएर खुसीयाली मनाउने चलन पनि विद्यमान छ ।
हिमाली र पहाडी जिल्लाहरुमा आइतबार तथा तराईका अन्य जिल्लाहरुमा सोमबार होली मनाइसकिएको छ । मिथिला मध्यमा परिक्रमा अन्तर्गत अन्तः गृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरधाममा होली मनाउने गरिन्छ । तर यस पटक सोमबार अन्तरगृह परिक्रमा सकिएको र मंगलार साधु सन्तहरुले मनाए पनि अन्य ८० प्रतिशत नागरिकहरुले भने बुधबारमात्रै होली मनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्