
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताउनुभएको छ ।
एमाले झापाको ११ औं अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशभर नै लालकिल्ला बनाउनुपर्ने बताउनुभएको हो ।
अध्यक्ष ओलीले झापा जिल्ला २०४८ सालदेखि नै लालकिल्ला भएकाले लालकिल्लैको रुपमा रहने दाबी गर्नुभयो । उहाँले लालकिल्लामा कसैलाई हात हाल्न दिनु नहुने बताउनुभयो । उहाँले लालकिल्लामा हात हाल्ने कुचेष्टा नगर्न पनि चेतावनी दिनुभयो । उहाँले झापाबाट गल्तीले जितेर गएकाहरुको भुमिका कामै नलाग्ने रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले लोकतन्त्रको रक्षाका विषयमा फुर्ती नगर्न नेपाली कांग्रेसलाई चेतावनी समेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्