१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


त्रिविले उत्तरपुस्तिका हराएका विद्यार्थीको फेरि परिक्षा लिंदै


1.274k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उत्तरपुस्तिका हराएका विद्यार्थीहरुको यही चैत २१ गते पुनः परिक्षा लिने भएको छ ।

त्रिविले आफ्नो गल्ती लुकाउन विद्यार्थीलाई दोहोरो परिक्षा दिन लगाएर सास्ती दिएको यो लगातार दोस्रो वर्ष हो ।

त्रिभुवन विश्वविद्यालयले गएको वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायको जनसंख्या तथा स्वास्थ्य र शिक्षा शास्त्र संकायको शिक्षाको आधार विषयका झण्डै ४ सय उत्तर पुस्तिका हराएका थिए । यस विषयमा छानबिन गर्न त्रिविले उच्चस्तरीय समिति गठन गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को हिजो बसेको बैठकले विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । समितिले दिएको सुझावअनुसार आवश्यक निर्णय लिइने त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले जनाएको छ । समितिले एक महिनामा प्रतिवेदन बुझाउनुपर्नेछ ।