
इलाम । गृहमन्त्री रवि लामिछानेले आगामी वैशाख १५ गते इलाम-२ मा हुने उपनिर्वाचनको तयारी बारे जानकारी लिनुभएको छ ।
शनिबार इलाम पुग्नुभएका गृहमन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन समेत दिनुभएको छ ।
उपनिर्वाचनको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोतसाधनको अभाव नहुने भएकाले तयारीदेखि परिणाम घोषणासम्म विस्वसनीय योजना बनाउन उहाँले निर्देशन दिनुभयो । नागरिकलाई सेवा दिनु राज्यको कर्तव्य भएको उल्लेख गर्दै उहाँले नागरिकले कुनै पनि कुरामा गुनासो गर्ने स्थिति आउन नदिन पनि निर्देशन दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उपनिर्वाचन तयारीसहित जिल्लाको वस्तुस्थिति, सेवा प्रवाहको अवस्था, सुरक्षा चुनौतीलगायत विषयमा गृहमन्त्री समक्ष जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्