१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरुलाई सरकारले संरक्षण गरिरहेको छ : केसी


182
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरुलाई सरकारले संरक्षण गरिरहेको आरोप लगाउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजति एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद केसीले यस्तो बताउनुभएको हो ।

सांसद केसीले अहिले देशव्यापी रुपमा सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको बताउनुभयो । उहाँले अहिल राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौतितर्फ अघि बढिरहेको जिकिर गर्नुभयो । उहाँले नागरिकहरुमा निराशा छाएको बताउनुभयो । उहाँले जनतामा निराशा र अनुन्तुष्टि आइरहेको भन्दै बिस्तारै समाज बिद्रोह र अराजकतातिर उन्मुख भइरहेको बताउनुभयो ।

सांसद केसीले अहिले सरकार सरकार जसरी र संसद संसद जसरी सञ्चालन हुन नसकेको बताउनुभयो ।