२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


परिवर्तन खोजेको इलाममा घण्टी बजिसक्यो : रवि लामिछाने


481
Shares

काठमाडौं । आगामी बैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी घोषणा गरेको छ ।

शनिबार इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रमको आयोजना गरी उम्मेदवार मिलन लिम्बुको उम्मेदवारी सार्वजनिक गरिएको हो ।

पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ सहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गर्नुभयो । कार्यक्रममा बोल्दै उपप्रधान एवं गृहमन्त्री तथा पार्टी सभापति लामिछानेले अब चाँडै नै विजयी जुलुसमा उभिने घोषणा गर्नुभयो । उहाँले परिवर्तनको घण्टी बजिसकेको बताउनुभयो ।

सभापति लामिछाने इलामले परिवर्तन खोजेको बताउनुभयो ।