
काठमाडौं । शेयर बजार सोमबार पनि घटेर बन्द भएको छ ।
बजार परिसूचक सोमबार ६ दशमलव २६ अंकले घटेपछि नेप्से २ हजार १२ को बिन्दुमा झरेको छ ।
सोमबार ३१५ वटा कम्पनीको ७२ लाख ९० हजार कित्ता शेयर २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । आइतबार सवा तीन अर्बको कारोबार भएकोमा सोमबार कारोबार रकम पनि घटेको हो ।
नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये आज ११ वटा उपसमूह घटेका छन् । होटल तथा पर्यटन उपसमूह १ दशमmव १६ प्रतिशत र व्यापार उपसमूह शून्य दशमलव २० प्रतिशत बढेका छन् । १ सय ५१ कम्पनीको शेयर मूल्य घट्दा ८६ वटाको भने बढेको छ । गुराँस लघुवित्त वित्त र माइखोला हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
रिभर फल्स पावर कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लाग्यो । कारोबार रकमका आधारमा सोमबार पनि सर्वोत्तम सिमेन्टको सर्वाधिक ४७ करोड २९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्