
काठमाडौं । नेपाल ए र आयरल्याण्ड ए बीचको पहिलो एकदिवसीय खेल आज हुँदैछ । बुधबार बिहान साढे ९ बजे कीर्तिपुरस्थित क्रिकेट मैदानमा खेल हुन लागेको हो ।
तीन एकदिवसीय खेलको सिरिजमा आज पहिलो जित निकाल्ने लक्ष्यका साथ दुवै टोली मैदानमा उत्रिँदैछन् ।
यसअघि भएको टि २० सिरिजमा नेपाल २—१ ले पराजित भएको थियो । राष्ट्रिय टोलीसँग भएको दुई टि २० खेलमा भने आयरल्याण्ड दुवै खेलमा पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्