
बैतडी । बैतडीमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका ३० वर्षीय राजेश चौधरी र बैतडीको पाटन नगरपालिका– १० पनालीका ५० वर्षीय मानबहादुर बिष्ट रहेका बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिनुभयो ।
बैतडीको सुर्नयाबाट खोडपे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटनामा परेको हो ।
ट्र्याक्टर सडकबाट २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्