१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वर्तमान सरकार भ्रष्टाचारविरुद्ध : सञ्चारमन्त्री शर्मा


195
Shares

पाल्पा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार भष्ट्रचारविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको कार्यक्रममा सञ्चारमन्त्री शर्माले अनियमितता गर्ने जुनसकै पार्टी, कर्मचारी तथा उच्च ओहोदाका व्यक्तिलाई अनुसन्धान र मुद्दा चलाउने काम भइरहेको बताउनुभयो ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रमा कानुन भन्दा माथी कोही नहुने बताउँदै दुई चार वर्ष भित्र सबै अपराधीहरु कानुनी दायरामा आउने र उनीहरु कारवाहीको भागिदार बन्ने दाबी गर्नुभयो ।

मन्त्री शर्माले सबै तह तप्काका कर्मचारीहरुको वार्षिक रुपमा सम्पत्ती छानविन तथा सार्वजनिक गर्नुपर्ने निती नियम तथा ऐन कानून अनुसार सरकारले पहल गर्ने बताउनुभयो ।