
काठमाडौं । नेपाल एकायन कराँते संघको चौथो राष्ट्रिय कराँते प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरिएको छ ।
शनिबार एक समारोहबीच, विजयी खेलाडीलाई प्रमाणपत्र, मेडल तथा ट्रफि वितरण गरिएको हो ।
कार्यक्रममा खेलकुद तथा सामाजिक क्षेत्रको व्यक्तित्वहरुका सहभागिता रहेको थियो । नेपाल एकाएन कराँते संघका अध्यक्ष श्रीकृष्ण डंगोलको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा ईमेज च्यानका महाप्रबन्धक रघुवर भक्त मानन्धरले खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्