२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


जसपाको महाधिवेशन तोकिएकै मितिमा हुने


689
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीतिक समिति सदस्य एवम् प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले जेठको अन्तिममा गर्ने भनिएको राष्ट्रिय महाधिवेशन तोकिएको समयमै हुने बताउनु भएको छ ।

‘पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सचेततापूर्वक महाधिवेशनको कार्यतालिका बनाएको छ । त्यस कार्यतालिकाअनुरुप कामहरु भइरहेका छन् । सङ्गठित पार्टी सदस्यताको विवरण जाँचबुझ गर्ने, महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार पार्ने काम भइरहेको छ ।’ बस्नेतले बताउनुभयो ।

त्यस्तै महाधिवेशनको लागि प्रचार प्रसार गर्नेदेखि महाधिवेशनमा बोलाउने पाहुनालाई निम्तो गर्ने कामसमेत गर्न थालिएको बस्नेतले जानकारी दिनुभयो ।

जसपाले आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म मधेश प्रदेशको धनुषामा प्रथम राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।