
काठमाडौं । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।
माओवादीको कोशी प्रदेश संसदीय दलको सोमबार बसेको वैठकले मुख्यमन्त्री केदार कार्कीको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकार पनि छाड्ने निर्णय गरेको हो ।
संसदीय दलको निर्णय लगत्तै प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरुले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका छन् । माओवादीबाट प्रदेश सरकारमा उप्रेती, राजेन्द्र कार्की र नारायण बुर्जा मगर मन्त्री रहेका थिए ।
माओवादीका मन्त्रीहरुले प्रदेश प्रमुखलाई भेटेर राजीनामा बुझाएलगत्तै माओवादीको प्रदेश संसदीय दलले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी समेत गराएको छ । सरकारबाट बाहिरिएसंगै माओवादीले कोशी प्रदेशसभाको विशेष अधिवेशनको पनि माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्