१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन नेपालमा हुने


117
Shares

काठमाडौं । नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन हुने भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र २८, २९ र ३० गते शिखर सम्मेलन गर्न लागेको जानकारी गराएको हो ।

दिगो विकास लक्ष्य हासिल हुनेगरी स्वास्थ्य क्षेत्रको रणनीतिक योजनालाई अझै प्रभावकारी बनाउनका लागि आवश्यक धारणा तय गर्न सो शिखर सम्मेलन आयोजना गरिएको परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले जानकारी दिनुभयो । सम्मेलनले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने सो शिखर सम्मेलनमा देश तथा विदेशबाट गरी करिब १ हजार भन्दा बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येता सहभागिता रहने पनि सो परिषदले जनाएको छ ।