
सर्लाही । सर्लाहीको बसवरियामा आगलागी हुँदा ६ वटा घरहरु पूर्ण रुपले जलेर खरानी भएका छन् ।
स्थानीय राम विश्वास माझीको घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट आगो सल्किएर आगो लागि भएको सर्लाही प्रहरीले जनाएको छ ।
बिहानको खान पकाउने क्रममा गाँस सिलिन्डरबाट आगो सल्किएर फैलीदा स्थानीय राम विश्वास माझीसंगै थप ६ वटा घर जलेर पुर्ण रूपले खरानी भएको हो ।
नेपाल प्रहरी, शस्सत्र प्रहरी, स्थानीय, हरिवन नगर पालीका र मंलङहवा नगर पालीकाको दमकलको सहयोगमा आगो लागि नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
गरिब तथा अति बिपन वर्गमा पर्ने माझी मुसहर समुदाय एकै स्थानमा बस्दै आइरहेका छन् । घरमा भएका संपुर्ण अन्नपात, कपडा लगायत जलेर नष्ट भएका छन् ।
प्रतिक्रिया दिनुहोस्