
काठमाडौं । नेपालको १ सय १५ स्थानमा डढेलो लागेको छ ।
डढेलोका कारण काठमाडौं उपत्यका अहिले विश्वकै तेस्रो प्रदूषित शहर बनेको छ ।
फाुगनको अन्तिम र चैतको पहिलो हप्ता लागेको डढेलो पश्चिमी वायुको प्रभावले निभाए पनि अहिले फेरि देशैका विभिन्न ठाउँमा डढेलो फैलिइरहेका छन् ।
वन तथा भू–संरक्षण विभागका अनुसार गत शनिवारदेखि अहिलेसम्म १ सय १५ वटा ठाउँका जंगलमा डढेलो लागेको हो । अहिले २३ वटा ठाउँमा डढेको लागिरहेकोमा सबैभन्दा धेरै दाङमा मात्रै छ वटा ठाउँमा डढेको लागिरहेको छ ।
डढेलो नियन्त्रणका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ भने नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र लगायत बनका सुरक्षाकर्मीहरु पनि परिचालन गरिएको छ ।
मौसमविद्का अनुसार डढेलोका कारण वनस्पति र जीवजन्तुको विनाश हुनुका साथै वायु प्रदूषण पनि निकै बढेको छ । अहिले काठमाडौं उपत्यकाका सबै प्रदूषण मापन स्टेशनको हावा स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्