१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


साझा यातायातलाई नाफामा ल्याएर उदाहरणीय बनाउन जरुरी : मन्त्री अधिकारी


117
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले साझा यातायातलाई नाफामा ल्याएर उदाहरणीय बनाउन जरुरी रहेको बताउनुभएको छ ।

मंगलबार ललितपुरमा साझा यातायातको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।

मन्त्री अधिकारीले विद्युतीय बसहरु सञ्चालनमा ल्याएर जनतालाई सुविधा दिने र संस्थालाई नाफामा चलाउने उद्देश्य राख्नुपर्ने बताउनुभयो । उहाँले साझा सबैको सहयोग र भावनाबाट चल्ने भएपनि अब संस्थालाई नाफामा लैजाने र अरुलाई उदाहरण देखाउने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री अधिकारीले विद्युतीय सवारी साधनमा यात्रा गर्ने यात्रुलाई सहजता हुनेगरी चार्जिङ स्टेशनको व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो ।

मन्त्री अधिकारीले साझा यातायातलाई मन्त्रालयको स्रोत र साधनले धान्न सक्ने सबै प्रकारका सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले मन्त्रालय मात्रै नभएर स्थानीय निकायहरुसँग पनि समन्वय गरेर काम गर्न आवश्यक रहेको बताउनुभयो ।