१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


गृहमन्त्रीमाथि लागेका आरोपको स्पष्टिकरण दिने कुरामा कांग्रेसले रोक्न मिल्दैन : एमाले


715
Shares

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने कुरामा कांग्रेसले अवरोध गर्न नमिल्ने बताएको छ ।

एमालेमा प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधानमन्त्री लामिछानेमाथि लागेको आरोपको स्पष्टिकरण संसदबाट दिनका लागि कांग्रेस सहमत हुनुपर्ने बताउनुभएको हो ।

नेपाली कांग्रेसले मंगलबार उहाँमाथि लागेको आरोप छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको थियो । एमाले सचेतक बर्तौलाले सञ्चारकर्मीमाझ त्यस्ता आरोपको जवाफ संसदबाटै उपप्रधानमन्त्री लामिछानेलाई दिनका लागि कांग्रेस तयार हुनुपर्ने बताउनुभयो । उहाँले अरुको कुरा नसुन्ने भन्ने कुरा लोकतान्त्रिक दल भनिएको काँग्रेसलाई नसुहाउने जिकिर पनि गर्नुभयो ।

प्रमुख सचेतक बर्ताैलाले कांग्रेसले जन सरोकारका विषयमा छलफल गरेर महत्वपूर्ण कानूनहरु निर्माण गर्नुपर्ने संसद अवरुद्ध गरेर गल्ती गरेको दोहो¥याउनुभयो ।