१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कांग्रेसको नियतमाथि छानविन गर्न समिति बनाऔं : बर्तौला


611
Shares

काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानविन अगाडी नबढाएको विषयमा काँग्रेसमाथि नै छानविन गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानविन भएन भनेर प्रश्न गर्नुभएको हो ।

प्रमुख सचेतक बर्तौलाले सरकारमा हुँदा किन अनुसन्धान गरिएन भन्दै कांग्रेसको नियतमाथि अनुसन्धान गर्न समिति बनाउनुपर्ने बताउनुभयो । उहाँले कांग्रेसले सरकारबाट बाहिरिने बित्तिकै प्रतिशोध साँधेको बताउनुभयो । सरकारमा हुँदा जनताहरु सहकारीबाट ठगिएको नदेख्ने कांग्रेसले सरकारबाट बाहिरिनसाथ देखेको बताउनुभयो ।

प्रमुख सचेतक बर्तौलाले कांग्रेसले संसदको स्थापित विधि र मान्यतालाई धज्जी उडाएर संसद अवरुद्ध गरेको बताउनुभयो ।