
सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापालाई ५ करोड ३३ लाख ५३ हजार रूपैयाँ बराबरको बिगो दाबी गर्दै बुधबार मुद्दा दायर गरेको हो ।
२०७४ असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेदेखि २०७९ माघ २९ सम्मको उनको हिसाब किताब हेर्दा वैध आम्दानी ७ करोड ८६ लाख ५० हजार देखिएको तर खर्च १३ करोड २० लाख ३ हजार देखिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
माओवादी केन्द्रका थापा २०७९ को निर्वाचनबाट दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्