१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्लाहीको विभिन्न जंगलमा डढेलो


0
Shares

सर्लाही । सर्लाहीको विभिन्न स्थानको जंगलमा डढेलो लाग्न सुरु भएको छ ।

जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर, बागमती र बरहथवा नगरपालिका अन्तर्गतका वन क्षेत्रमा डढेलो लाग्न सुरु भएको स्थानीयले बताएका छन् ।

फागुन अन्तिमतिर डढेलो लागेको वनमा समेत फेरि दोहो¥याएर डढेलो लाग्न सुरु भएको हो । चैत पहिलो र दोस्रो साता केही दिन पानी पर्दा डढेलो नियन्त्रणमा आएपनि फेरि सुक्खापन बढेर हावाहुरी चल्न थालेपछि डढेलो लाग्न सुरु भएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमदले जानकारी दिनुभयो ।

जङगलमा लागेको आगलागी बस्तीमा प्रवेश गर्दा भौतिक सम्पत्तिमा क्षति पुगेको छ । आगलागीका कारण वन जङगल बिनास हुनुका साथै वनमा आश्रीत वन्यजन्तुको जीवन समेत संकटमा पर्न थालेको छ ।

घाँसदाउरा तथा वस्तु भाउ चराउने गोठालाले घास पलाउने आसमा वन जङगलमा आगो लगाउने गरेका छन् । त्यसैगरी भुमाफिया जग्गा अतिक्रमण गर्न र बन्यजन्तुको चोरी सिकारीका लागि समेत वन जङगलमा आगो लगाउने गरेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमदले बताउनुभयो ।